Description

आधुनिक नेपालको जन्म भएयता झन्डै अढाई सय वर्षको इतिहासमा दशक लामो माओबादी बिद्रोह सबभन्दा ठूलो आन्तरिक चुनौतीका रुपमा देखा परेको थियो । निश्चय नै पनि त्यो बिद्रोह दिल्ली वा दरबारमा जन्मेको थिएन, हाम्रै पहाडी कान्ला-कन्दराबाट उब्जेको थियो । तर, त्यसको तिब्र फैलावट ती दुइ शक्तिकेन्द्रको निर्णायक भूमिका रह्यो । तीमध्ये दरबारले पराजित भएर आफ्नो अस्तित्व नै नामेट पर्यो भने माओबादी आफैलाई बदलेर शान्तिपूर्ण मूलधारमा फर्क्यो । बाँकी रह्यो दिल्ली, जसको नेपाल नीति को अभिष्ट अझै पहेलीकै रुपमा छ । यो पुस्तकमा नेपालका माओबादीलाई केन्द्रमा राखेर तत्कालीन राजतन्त्र र भारतीय सस्थापन संग उनीहरुको त्यही उतार-चढावपूर्ण सम्बन्ध केलाउन खोजिएको छ । यस अर्थमा, प्रयोगशाला नेपाली संक्रमणमा दिल्ली, दरबार र माओबादीको भूमिकाको लेखाजोखा हो ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd