Description

समकालीन निबन्ध साहित्यका शक्तिशाली हस्ताक्षर हुन्, रोशन शेरचन। पश्चिमा साहित्यका गम्भीर अध्येता शेरचन फराकिलो क्यान्भासमा निबन्ध लेख्छन्। प्रकृतिलाई नै ईश्वरको स्वरूप र साहित्यलाई श्रीजनात्मक ध्वंस मान्छन्। पछिल्ला समय उनका निबन्धात्मक स्वर सामाजिक न्यायमुखी छ। नवीनतम कृति धोबीघाट एक्स्प्रेसलाई शेरचनले कलाको विचार यात्राका रुपमा अर्थ्याएका छन्। उनका धारणामा कलात्मक तर खराब विचार बोकेको साहित्य मन्दविष हो। यसअघि उनका चम्पारन ब्लुज (२०६७) र मस्तिष्कहरुको मृत्‍यु (२०५७) निबन्धसङ्ग्रह प्रकाशित छन्। शब्दहरुको देश (२०५३) र सरुभक्तहरु (२०५६) उनका काव्यक्रिति हुन्।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd