Description

जीवनी लेखनमा सिद्धहस्त मानिने नरेन्द्रराज प्रसाई अघिअघिझै यहाँ पनि निकै मात्रामा सफल भएका छन्। एक कुशल चित्रकारको हातमा परेर रोहितको आकृति यहाँ एक सुन्दर, सजीव कलाकृतिमा रुपान्तरित हुन पुगेको छ। नरेन्द्रराज प्रसाईले रोहितको आकृति लेख्दा आफूलाई बिषयमा घोलेका छन्। साथै पुस्तकमा जीवनी नायकका बाहिरी गतिविधिको मात्रै चर्चा नगरेर आन्तरिक पक्षमा पनि बारम्बार सुरुचिपूर्ण तरिकाले प्रवेश गरेका छन्। जीवनीकारका रुपमा प्रसाईको यो बिशिष्ट सामर्थ्य हो।

 

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd