नेपालका लोकप्रिय लोककथाहरु ध्रुवकृष्ण दीपद्वारा लिखित तथा एकता बुक्सबाट प्रकाशित Selected Folk Tales of Nepal नामक कृतिको अनुवाद हो । यसलाई डा. विनोद रन्जन बरालले नेपाली भाषामा अनुवाद गर्नुभएको हो र यसको सम्पादन प्राध्यापक केशव सुवेदीले गर्नुभएको हो । यस पुस्तकमा नेपाली लोकजीवनमा प्रचलित पच्चीसवटा लोककथाहरु सङ्कलित छन् । यी लोककथाहरु सबै पाठकका निम्ति रमाइला र शिक्षाप्रद छन् । यसबाट पाठकवर्गले नेपालका विभिन्न सांस्कृतिक परम्पराबारे महत्वपुर्ण जानकारी हासिल गर्नुहुनेछ ।