महाभारतको बिषयमाथि थुप्रै व्याख्या-पुनर्व्याख्या हुँदै आएका छन्। 'चीरहरण' त्यही महाभारत-कथामा केन्द्रित फरक कोणबाट लेखिएको उपन्यास हो। सत्येवतीदेखि द्रौपदीसम्म पुग्दा नारीले भोग्नुपरेको सामाजिक विवशता र हिंसा मात्र होइन, धृतराष्ट्रको सिंहासनमोह, शकुनि-षड-यन्त्र अनि महायुद्ध जस्ता घटना वर्तमान समयमा पनि परिघटित छन्। कुन्तीको पुत्रत्याग होस् या द्रौपदीको चीरहरण, अहिलेको समाज पनि यस्ता विडम्बनाबाट मुक्त हुन सकेको छैन।
लेखनमा नारी चेतना र अस्तित्वलाई केन्द्रमा राख्ने नीलमको यो उपन्यास द्वापरयुगको यस्तो ऐना हो, जसमा हामीले भोगि रहेको समाज प्रति विम्बित छ।