बादल खरायो चकचके छ । ऊ आमाले भनेको मान्दै मान्दैन । जहाँ नजाऊ भन्यो ऊ त्यहीँ जान रुचाउँछ । त्यसैले दुःख पाउँछ । बेलायतकी प्रसिद्ध लेखक बियाट्रिक्स् पोटरको एउटा कथाको अनुवाद हो यो किताब । इश्वी सम्बत् १९०२ मा प्रकाशित भएको यो किताबलाई अझै पनि बालबालिकाले मन पराउँछन् ।
यो पुस्तक कक्षा ३ वा ४ का बालबालिकाले आफैँ पढ्न सक्ने र त्यसभन्दा साना उमेरकालाई पढेर सुनाइदिन सकिने गरी तयार पारिएको हो ।