भैरव अर्यालका निबन्धमा वर्णहरुको विशिष्ट प्रयोगबाट हास्यको उद्रेक र व्यंगको तीक्ष्णता सृजना भएको पाइन्छ । अर्यालका निबन्धमा पाइने यो हस्यव्यंग्यात्मक विशिष्टता भनेकै वर्णविन्यास वक्रतागत चारुता वा वैशिष्ट्य हो । प्रस्तुत पुस्तकमा वर्णवक्रताका कारण अर्यालका निबन्धमा सृजित हास्यव्यंग्य र त्यसले समग्र कृतिको कथ्यमा पारेको प्रभावको अध्ययन गरिएको छ ।