शसक्त आख्यानकार र निबन्धकार नारायण ढकालका विभिन्न दैनिक, साप्ताहिक र मासिक पत्रिकामा छापिएको विचारात्मक निवन्धहरूको सँगालो हो । यिनले नेपाली साहित्यको समकालिन अनुहार पहिल्याउन सहयोग पुर्याउँछन् ।
नारायण ढकाल कवि, निबन्धकार, उपन्यासकार, कथाकार तथा पत्रकार हुन् । उनका १२ वटा किताबहरु प्रकाशित छन्, र उनको उपन्यास ‘प्रेतकल्प’ले २०६५ सालको साझा पुरस्कार पाएको थियो ।