प्रज्ञाका नियमहरु नामक यो पुस्तकमा लेखकले मनिसलाई आफ्नो जीवनकालभर जीवनसँग सरोकार राख्ने आवश्यक विविध ज्ञानका बारेमा अनेकौ कोणबाट प्रस्ट्याउने काम गरेका छन् साथसाथै कुनै एक व्यक्ति, उसले आफ्नो जीवन कसरी बाँच्नु पर्छ ? भन्ने लगायत बौद्धिक प्रतिफलका लागि आवश्यक उपायहरुको अवलम्बनका साथसाथै व्यवसायीहरुका निम्ति व्यवस्थापनसम्बन्धी वस्तुगत तथ्यका बारेमा समेत महत्वपूर्ण तथा मुल्यवान विचारहरु प्रस्तुत गर्ने जमर्को गरेका छन् ।