Non-Fiction > English

Description

...राजाको भनाइ उद्धृत गर्दै उनले थपे– “म 'नेपाली जनतासँग झुक्न तयार छु तर नेपालको अस्तित्वमा आँच आउने काम हुन दिन्नँ' भन्ने राजाबाट हुकुम भएको छ ।" नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिवसँग वार्ता गर्ने तयारी गरिरहेका परराष्ट्र सचिवलाई प्रधानमन्त्री श्रेष्ठले निदेर्शन दिए- "सचिवजी, यो सन्धिको मस्यौदामा छलफल हुन सक्तैन । तपाईं भारतलाई यही एक वाक्यको जबाफ दिनुहोला । यही नै राजाको स्पष्ट निदेर्शन हो ।....

... केही महिनाअगि नेपाल पुगेका गुजराल र अहिलेका गुजरालको भावभङ्गिमा र विचारमा निकै ठुलो भिन्नता थियो । 'गुजराल डक्ट्रिन' ले हावा खाएजस्तो देखिन्थ्यो । भारतीय प्रधानमन्त्री बोल्दै गर्दा मैले भने- "तपाईको कुरा काटेकोमा क्षमा चाहन्छु तर महामहिम प्रधानमन्त्रीसँग केही बेर एकान्तमा कुरा गर्न चाहन्छु ।" मेरो कुरा सकिन नपाउँदै गुजरालले भने- "म दुखी छु तर अहिले बाध्य छु । प्रधानमन्त्री चन्दलाई भनिदिनुहोला, म आफ्नो बचनमा अडिग छु । म यो काम गर्छु तर केही समय चाहिन्छ ।..

....मेरो कुरा धैयर्पर्दूक सुनिरहेका मोदीले भने- "भारत र नेपालबिच सदियौदेखि भावनात्मक सम्बन्ध रहिआएको छ । तर, नेपालको वर्तमान राजनीतिक नेतृत्वले त्यसलाई नजर अन्दाज गरिरहेका छन् । सम्बन्ध एकोहोरो हुँदनै । एक हातले ताली बज्दैन ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd