"बाँदरको बिहे" एक सचित्र बालकथासंग्रह हो । यस संग्रहमा कुल छवटा बालकथा सङ्कलित छन् । प्रस्तुत संग्रहमा सङ्कलित सबैजसो कथाका पात्रहरु पशुपंक्षी जगतबाट टिपिएका छन् । कथाकारले ती सबैलाई मानवीय व्यक्तित्व प्रदान गरेका छन् । साना नानीहरुलाई प्रस्तुत संग्रहका कथा मनोरञ्जक त छँदै छन्, उनीहरुमा सच्चरित्र र उच्च चेतनाको बीजारोपणका निम्ति पनि त्यत्तिकै उत्प्रेरक छन् ।