Description

कर्णाली ब्लुज छोराको आँखाबाट पिताको संघर्ष देखाउने उपन्यास हो। सानो छंदा आफ्ना पितालाई संसारकै सबभन्दा ज्ञानी र बलवान् ठान्ने छोराले आफ्नो हुर्काइसँगै आफ्ना पिताबारे धारणाहरु फेर्दै जान्छ। उपन्यासको कथा सुदूर् तराईको गाउं मटेरादेखि कटासे बजार हुँदै सुदूर् पहाड कालिकोटसम्म गांसिन्छ। चन्द्रे, ममतादिदी, भागीराम, बाटु, शिवशंकर, सद्दाम, एकराज, जरिलाल, मन्दिरे, र छोट्कुजस्ता फरक परिवेश र फरक समाजका पात्रले उपन्यासको कथा गांस्दै लैजान्छन्। उपन्यासमा बाल्यकालका बिठ्याइंहरु छन् र छन् फरक-फरक पात्रका मन छुने कथाहरु। उपन्यासमा कैयौं हृदय छुने। सरस र सरल भाषामा लेखिएको यो उपन्यास भाषिक सशक्तताका लागि पनि पढिनेछ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd