Non-Fiction > Nepali

Description

किशोर नेपालको लेखनको आफ्नो छुट्टै पहिचान छ । निबन्धकारका रुपमा उनको विशिष्ट शैली र भाषाको प्रयोगको प्रशंसा गर्न उनका समकालीन साहित्यकारहरु कन्जुस्याई गर्दैनन् । कवि शैलेन्द्र साकारका शब्दमा, उनी शंकर लामिछाने पछिका सशक्त निबन्धकार हुन् । नेपाली पत्रकारितामा प्रतिबद्ध सक्रियता, निरन्तरता र समर्पण भाव उनको विशिष्टता हो। बितेको चार दशक देखी निरन्तर नेपाली पत्रकारितामा रहेका उनीबारे प्रा. केदार भक्त माथेमा भन्छन् - "किशोर नेपाल जस्तोसुकै अलोकप्रिय निर्णय लिन सक्ने निर्भिक पत्रकार हुन् ।"
थुप्रै लोकप्रिय र अलोकप्रिय छवि बोकेका 'किशोर नेपाल' नेपाली पत्रकारितामा एउटा ब्रान्डका रुपमा स्थापित छन्, आफैंमा एउटा संस्था बनेका छन्।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd