Fiction > English Fiction

Description

निर्वाण-मार्गमा रहेकी भिक्षुणी विश्रान्ति र मुक्ति-मार्गमा सक्रिय छापामार मुक्ताबीचको अन्तरसम्बन्ध र अन्तरद्वन्द्वको आख्यान हो- विमुक्ति ।

नारी हुनु, भाषामा समानता देखिनुबाहेक उनीहरूबीच नैतिक र सैद्धान्तिक आधारका साझा धरातल छैनन् ।

विश्रान्तिका लागि शत्रु आफैभित्रको मार हो, लौकिक क्षणभङ्गुर मोहमाथि विजय प्राप्त गर्नु लक्ष्य हो भने मुक्ताका लागि वर्गीय संरचना, शोषण, पितृसत्ता, अल्पसङ्ख्यकको शासन अनि दमनकारी सामाजिक पद्धति नै शत्रु हुन् |

'मुक्ति शब्दको प्रयोगको अर्थमा समेत समानता नभेटिइने दुई विपरीत विचारबीच संवादको सम्भावना छ ?

दशवर्षे जनयुद्दको यही मर्मान्त कथा भन्छ- विमुक्तिले |

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd