नेपाली खण्डकाव्यका परम्परामा आफ्ना पूर्ववर्ती खण्डकाव्यकारहरुका दाँजामा खण्डकाव्यकार लक्ष्मीप्रसाद देवकोटाले दिएको योगदानको आकलन उनको प्रथम खण्डकाव्य मुनामदन (१९९२) कै आधारमा गर्न सकिन्छ । उक्त मुनामदन खण्डकाव्यका सन्दर्भमा मुख्यतः आधुनिक स्वछन्दतावादी खण्डकाव्ययुगको प्रभावकारी आमन्त्रण गर्नु, लोकलयात्मक खण्डकाव्यढाँचालाई काव्यस्तरीय उच्च प्रतिष्ठा प्रदान गर्नु र मौलिक, पुष्ट एवम् सामाजिक आख्यानात्मक खण्डकाव्यढाँचाको प्रतिष्ठापन गर्नुका साथै आख्यान र कवितातत्वको सन्तुलित खण्डकाव्यात्मक सिद्धि प्राप्त गर्नु नै उनले गरेको खण्डकाव्यात्मक ऐतिहासिक योगदानका मूलभुत पक्ष हुन् ।