Ekta Publications > General

Laxmi Prasad Devkota Ka Jeewani ra Krititwa Ko Antarsambandha Ko Bibechana
NRs.
95
Author: Dr Mahadev Awasthi
ISBN: 9789993311409
Size: 130 x 200 mm
Pages: 79
Publisher: Ekta Books Distributors

Description

महाकवि लक्ष्मीप्रसाद देवकोटा (जीवनकाल: वि. सं. १९६६ - २०१६) नेपाली साहित्यका अमर प्रतिभा हुन् । उनले आधुनिक नेपाली कविता र निबन्धका क्षेत्रमा जेजस्तो वैविध्यपूर्ण, गहन र उत्कृष्ट सृजनात्मक योगदान दिएका छन् त्यो निकै बेजोड छ । उनले आफ्नो ५० वर्षीय जीवनकालमा स्वच्छन्दतावादी धाराका साढे छसय जति फुटकर कविता, तीन दर्जनजति खण्डकाव्य र आधादर्जन महाकाव्य रचेर आधुनिक नेपाली कविताक्षेत्रलाई अत्यन्त  धनी बनाइदिए । लक्ष्मीप्रसाद देवकोटाका कृतित्व र उनले नेपाली साहित्यका विभिन्न क्षेत्रमा पुर्याएको योगदानका बारेमा निकै अध्ययन-अनुसन्धान भइसकेको पनि छ । तर उनका जीवनका विभिन्न पक्ष एवं प्रसङ्गले उनका कृतित्वमा पारेको प्रभावका बारेमा उती गहन अध्ययन अहिलेसम्म भएको छैन । उनका जीवनका विभिन्न पक्ष एवं प्रसङ्गको स्पष्ट प्रतिविम्ब उनका रचनाहरुमा झल्किने हुदा सो कुराको अध्ययन चासोपर्दो भएको थियो । यसै कारण यी पङ्तिका लेखकले लक्ष्मीप्रसाद देवकोटाका जीवनी र कृतित्वका बीचको अन्त:सम्बन्ध केलाउने ठहर गर्यो र त्यसैको परिणाम प्रस्तुत पुस्तक बन्न पुग्यो ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd