Ekta Publications > General

Description

शरीराकारमा अलि होचो कदका भएपनि विचारको उच्चतामा कंचनजँघासंग समतुल्यता राख्ने रुपनारायण सिंह (१९०४ - १९५५ ई.) बाह्य रुपमा मात्रै सुरुपी थिएनन् मस्तिष्कको सुरुपताका पनि धनि थिए । खर्साङको सिपाहीधुरामा प्रहरी दरोगा वीरबहादुर सिंह कुँवरका माहिला छोराको रुपमा जन्मेका र लौह अनुशासनको वातावरणमा हुर्केका-बढेका रुपनारायणले उच्चशिक्षाको अवसर पाए र सन् १९३३ देखि नै एउटा कुशल र प्रख्यात वकिलका रुपमा दार्जलिंगे बौद्धिक समाजमा आफुलाई उभ्याए । प्रस्तुत पुस्तक यिनै रुपनारायणको व्यक्तित्व र उहाको जीवनको विविध पक्षहरु समेटेर तयार पारिएको पुस्तक हो । 

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd