Description

ताप उपन्यासका लागि २०६९ सालको पद्मश्री साहित्य सम्मान प्राप्त गरेकी शारदा शर्मा विक्रमको चालीसको दशकदेखि नै कवि, कथाकारका रुपमा अभिरुचिका साथ पढिंदै आएकी छन्। नारीसुलभ कोमलतासहितको सुललित शब्दविन्यास र बौद्धिक-वैचारिक सघनताका कारण शर्मा शुरुदेखि नै बिशेष चर्चामा रहेकी छन्। डेढ दशकयता आफूलाई मिसाएर लेखिएका शर्माका निबन्ध र यात्रा-निबन्धले राम्रो ख्याति कमाएका छन्। शर्माको भाषा सरल र चित्ताकर्षक छ। समयको तस्वीर पनि त्यो बिशेषताले परिपूर्ण छ। मुक्त आलेखको यो सङ्ग्रहमा जीवन्-जगतका विविध पाटाहरुको लालित्यपूर्ण प्रस्तुतिको आस्वादन गर्न सकिन्छ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd