Description

सत्य तथ्यात्मक अनुसन्धानको विवेचनात्मक प्रस्तुतिले यथार्थ स्तिथिको ज्ञान दिने हुँदा प्रस्तुत पुस्तक "नेपालको संवैधानिक इतिहास (वि. सं. २००४-२०४८)" मा सोही सिद्धान्तलाई अङ्गीकार गरि प्रकाशित सामाग्रीहरुको आधारमा राष्ट्रभाषाको माध्यमबाट विस्तारपुर्वक विवेचना गर्ने प्रयास गरिएको छ । प्रस्तुत पुस्तक संवैधानिक विकास, संरचना र प्रशासनिक व्यवस्थाको बारेमा जानकारी दिने उदेश्यले लेखिएको छ । यस पुस्तकमा कानून तथा संविधानको विकास प्रकृया तथा समयानुकुल परिवर्तनलाई समेट्ने प्रयास गर्दै वर्तमान अवस्था बारे जानकारी गराउन खोजिएको छ ।   प्रस्तुत पुस्तकले नेपालको कानुनी तथा संवैधानिक विकासको रुपरेखा बारे जानकारी प्राप्त गर्न खोज्ने पाठकवर्ग तथा त्रि. वि. वि. का विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थी वर्गलाई समेत फाइदा पुर्याउने छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd