Ekta Publications > General

Description

सुक्ष्म दृष्टिकोण, नवीनतम तुलनात्मक विश्लेषण र पृथक दृष्टिप्रक्षेप नेत्र एटमका समालोचनामा प्रयोग हुने अस्त्र हुन् । अध्ययनशील तथा अन्वेषणशील व्यक्तित्वका कारण उनको लेखनमा ओज र विश्लेषणमा सम्भावनाका 'प्रराज्यहरु' (domains) को खोजी निरन्तर भइरहेको हुन्छ । समालोचकमा सहस्र 'नेत्र' चाहिन्छ । अर्थात् उनीहरुमा रचनागर्भ खोतल्ने सक्ने सामर्थ्य हुनुपर्छ । कुनै एक समयको दासत्व स्वीकार गरेर त्यसमै रुमल्लिन चाहने तथा विचारको क्याप्सुलमा थुनिएर प्रगति र अग्रगामी सोचको वकालत गर्नेहरुका लागि नेत्र एटमका समालोचना चुनौती हुन् । नयाँ सहस्राब्दीको उदयसंगै बाइसौं शताब्दीमा पश्चिमी चेतनाले साहित्यको कथ्य र कायामा, उदेश्य र प्रभावमा, माध्यम र साध्यमा प्रस्तुतिको शिल्प र   अनुभूतिको सम्भावनामा कस्ता सिर्जना आउन सक्छन् अनि तिनका पछाडी वर्तमानका परिघटना, चेतना र विश्लेषित अचेतनले कस्तो दिशानिर्देश गर्न सक्लान् भन्ने प्रश्नमा प्रशस्त बहस चलेको छ । हामीपनि यस्ता बहसका उत्तर निर्माणमा योगदान गर्न सक्तछौं । नेत्र एटमका समालोचनामा बहसयोग्य आग्रहहरु बग्रेल्ती छन् र  परिवर्तन तथा अग्रगमनका लागि हाम्रा चेतनसीमामा  अतिक्रमण हुनु अत्यावश्यक पनि छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd