Ekta Publications > Children Literatures

Description

मान्छे जिज्ञासु छ । ऊ खोताल्न र त्यसभित्रको मर्म पहिल्याउन आफूले सकेको कोसिस पनि गर्छ । उसको यही स्वभावले गर्दा मानव समाज हिजोभन्दा आज उपलब्धिमूलक बन्दै आएको छ । कमिलाले जँघार तर्नु सम्भव छैन। जतिसुकै गरेपनि पुतलीले आकाश छुन सक्दैन। यी सम्भावना बाहिरका सोच र तर्कहरु हुन् । मान्छेकै क्षमताको पनि त सीमा छ । एउटा मान्छे सयौं वर्ष ज्ञानमै बाँचोस् ! तापनि अणुभर जान्दा नजान्दै उसका ती सबै दिन र वर्षहरु सकिन्छन् । हो ! मान्छेको बुद्धिले जगतको रहस्य नाप्न पक्कै सम्भव छैन । संसारलाई नाप्ने कोसिस भने बाँचुन्जेल गर्नै पर्छ । 

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd