Ekta Publications > General

Description

राजनैतिक र सामाजिक कारणले अगाडी बढ्न नसकेको लाप्चा जातिको लेख्य परम्परा पनि कमजोर देखिन्छ । हालसम्म यस जातिको बारेमा जे जति स्रोतहरु भेटिन्छन्, ती कथ्य रुपमा नै बढी सीमित र‌‍‌हॅदै आएका छन् । मानौं, लेख्य रुपमा अगाडी बढाउन सर्वथा बाँकी नै छ । स्वभावैले सोझा-सीधा भएर लोपोन्मुख अवस्थामा रहेको यो जातिमा स्थानीय स्तरमा स्वपहिचानको चेतना पनि अत्यन्तै न्यून रहेको प्रस्ट छ । यति हुँदाहुँदै पनि यो अध्ययन-अनुसन्धानलाई लाप्चा जातिको संस्था र सचेत एवं जिज्ञासु व्यक्तिहरुले पनि राम्ररी बुझे; मनन गरे र लागिपरे । अल्पसंख्यक लाप्चा जातिको एउटा सानो समूहले आफ्नो मातृभाषा बचाइराखेको प्रेरणादायी अवस्थाले यो अध्ययनको उद्येश्य पुरा भएको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd