Description

नेपाली लोकसाहित्यको अध्ययन-परम्परामा डा. चुडामणि बन्धुले लेखेको यो नेपाली लोकसाहित्य शीर्षकको ग्रन्थ एक नवीन, विशिष्ट र व्याप्तिपूर्ण प्राप्तिका रुपमा प्रकट भएको छ। यस पुस्तकमा उहाले एकातिर लोकवार्ता र लोकसाहित्यका विधागत अभिलक्षणका साथै विश्वव्यापी रुपमा प्रचलित एवम् स्थापित रहेका लोकसाहित्यिक अध्ययन-अनुसन्धानका पद्धतिका बारेमा विशद रुपमा प्रकाश पार्नुभएको छ भने अर्कातिर नेपाली लोकसाहित्यको अध्ययन-परम्पराका साथै नेपाली लोकसाहित्यका सम्पूर्ण विधाहरुको सोदाहरण विवेचना गर्नु भएको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd