Ekta Publications > General

Antarbishayak Nepali Samalochana
NRs.
195
Author: Dr. Netra Atom
ISBN: 9789937102896
Size: 130 x 200 mm
Pages: 218
Publisher: Ekta Books Distributors

Description

नेत्र एटम पचासको दशकदेखि नै समालोचनामा निरन्तर क्रियाशील साधक हुन् । कक्षाका व्याख्यान र टिपोटहरुलाई लिपिबद्ध गरेर समालोचकीय हैसियत खोज्ने वा नवीनता र सिद्धान्त निष्ठताका नाउँमा आआफ्ना गुट र फेटका लेखक र तिनका कृतिमा मात्र सृजनाका विशिष्ट मूल्य देख्ने प्रवृतिको बोलबाला चलिरहेका बेला लेखकको समालोचना यात्रा गतिशील रहेको छ । नेपाली समालोचना यस्ता अनेक भ्रम र असंगतिका बीचमा च्यापिएका बेला समालोचनाका नयाँ नयाँ विधि र पद्दतिको अनुसरण गर्दै नेपाली साहित्यका विभिन्न युग र धाराको विविध स्रस्टा र तिनका सृजनात्मक कृतिहरुको सौन्दर्य मूल्य निरुपण गर्ने उत्तरदायित्वपूर्ण समालोचकीय प्रयत्न लेखकले गर्दै आएका छन् । आफ्ना लेखकीय मान्यताबाट अविचलित रही आस्थापुर्वक समालोचना कर्ममा लागिरहेका लेखक नेत्रले अन्तर्विषयक नेपाली समालोचना नामक यो महत्वपुर्ण ग्रन्थ प्रस्तुत गरेका छन् । अन्तर्राष्ट्रिय साहित्यिक जगतमा स्थापित समालोचनाका नवीनतम सैद्धान्तिक मानदण्डहरुमा टेकेर अन्तर्विषयक समालोचना लेखन कार्यमा लेखकले देखेको अभिरुची र गरेको परिश्रम अत्यन्तै प्रसंसनिय छ । यस कृतिले नेपाली समालोचनाका नयाँ आयामहरुको सम्भावना त देखाएको छ नै ; संगसंगै यसले नेपाली बौद्धिक जगतलाई साहित्यिक आस्वादन नयाँ गन्तब्यतर्फ पनि उत्प्रेरित गरेको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd