Ekta Publications > General

Description

प्रहरी प्रशासन तथा व्यवस्थापन प्रहरी संगठनमा आबद्ध कर्मचारीहरुका लागि उपयोगी होस् भन्ने उद्धेश्यले तयार पारिएको हो । प्रहरी प्रशासन र व्यवस्थापनको विवेचनामा आधारित यस पुस्तकले प्रहरीसंगठनका सबै तहलाई व्यवस्थापकीय अवधारणाबारे जानकारी   दिन सकोस् र उनीहरुका कामकारवाहीमा सघाउन सकोस् भन्ने अपेक्षा गरिएको छ । परिशिष्टसमेत जम्मा तीन खण्डमा संरचित यस पुस्तकको पहिलो खण्डमा प्रहरीको उत्पत्तिका साथै विभिन्न देशका प्रहरी संस्थाहरुको परिचय दिइएको छ । यसको दोस्रो खण्डमा प्रहरी संगठनको संचालन र व्यवस्थापनसम्बन्धी आधारभूत अवधारणाहरुलाई समेट्ने प्रयास गरिएको छ । परिशिष्टका रुपमा रहेको तेस्रो खण्डमा चाहिँ प्रहरी सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय घोषणा र   सिद्धान्तहरुको विवरण प्रस्तुत गरिएको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd