Description

विविध विषयमा छरिएका मुक्त आलेखलाई निजी स्पर्शसहित निबन्धन गर्ने प्रयत्न अग्निस्पर्शमा भएको छ । एउटा निबन्धको शीर्षकलाई नै समग्र ग्रन्थ वा सङ्ग्रहको परिचय बनाउनमा मूलतः एउटै कारण हुनुपर्छ, सबै विषयलाई समात्ने शीर्षकको प्रतिकारात्मक सामर्थ्य । २०औं शताब्दीले केही परम्परागत द्वन्दलाई विश्राम दिएजस्तो लागेको थियो । तर २१औं शताब्दीका लागि नयाँ द्वन्दहरु झन् नयाँ कलेवरमा प्रस्तुत भएका छन् । पुरानो र नयाँबीचको द्वन्द प्रकृतिको एउटा सनातन प्रक्रिया हो । तर यतिखेरको हाम्रो अवस्था भने सनातन चुनौतीलाई सामना गरेर मात्रै पुग्ने देखिएको छैन । द्वन्दहरु सर्वथा नयाँ ढंगले विस्थारित भइरहेका छन् । पत्रैपत्रहरुमा फैलिएका द्वन्दका आयामहरू अग्निमय भएका छन् । जुन कोणबाट प्रवेश गरेपनि हाम्रो वर्तमानको नियति अग्निस्पर्शबाट मुक्त हुनसक्ने अवस्थामा छैन । सम्भवतः ग्रन्थको शीर्षकले यही परिस्थितिलाई सङ्केत गर्न खोजेको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd