Description

नेपाली लोकसाहित्यका फाँटमा लोकगाथाको विशिष्ट स्थान सुरक्षित छ । नेपाली लोकगाथाहरु समाजमा लोकप्रिय छन् र उच्चशैक्षिक पाठ्यक्रमका निम्ति पनि महत्वपूर्ण सामग्री बनेको छ । नेपाली समाजमा एउटा लामो परम्पराबाट विकसित हुदै आएका यी सामग्रीहरु सांस्कृतिक जागरणका निम्ति अर्थपूर्ण छन् । नेपाली स्नातकोत्तर तहको पाठ्यक्रम विविध २० वटा लोकगाथाले स्थान पाएका छन् । यिनीहरु विभिन्न पुस्तक तथा पत्रपत्रिकामा छरिएर रहेका छन् । यिनमा कतिपय सहज-प्राप्य छैनन् । त्यसैले शिक्षक-विद्यार्थी दुवैले पठनपाठनका क्रममा पाठ्यसामग्रीको अभावद्वारा पिल्सिनु परिरहेको छ । यही समस्यालाई हृदयंगम गरेर उपर्युक्त सम्पूर्ण लोकगाथाहरुलाई समेट्दै 'हाम्रा लोकगाथा' तयार पारिएको हो ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd